skip this

पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप दुर्घटना

1.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुधबार साँझ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ७ स्थित स्याउलीबजारमा ग १ ज ६५४४ नम्बरको जिप अनियन्त्रित भइ सडकको बायाँ तर्फ नालीमा पल्टिँदा ६ जना घाइते भएका हुन् ।

घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङजा​को चापाकोटका इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना र क्याम बहादुर राना उपचारत रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
घाइते मध्ये २ जनाको जीपी कोइराला स्वास प्रश्वास केन्द्र बेलचौतारार अन्य ३ जनाको पश्चिमा क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको उनले बताए ।

nijgadh-supermart-adz1200-630