कक्षा ८ को परीक्षाफल प्रकाशित गर्दै जीतपुरसिमरा, नतिजा हेर्न वेवसाईट र क्वीआर सार्वजनिक
अपहान्न ४ बजे परीक्षाफल प्रकाशन गर्ने
वि.सं.२०८१ चैत २७ बुधवार ११:४९

बारा– बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा २०८१ चैत्र ६ देखि १३ गतेसम्म सञ्चालित आधारभूत तह (कक्षा ८) को परीक्षाफल आज प्रकाशित हुने भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद महाशाखाका प्रमुख शिवजी प्रसादले आज एक सूचना प्रकाशित गरेर अपहान्न ४ बजे परीक्षाफल प्रकाशन गर्न लागिएको जानकारी गराएका हुन् ।
नतिजा हेर्न वेवसाईट र क्वीआर सार्वजनिक
उपमहानगरपालिकाले परीक्षाफल हेर्न मिल्ने नतिजा हेर्न वेवसाईट र क्वीआर सार्वजनिक गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको आधिकारिक वेवसाइट https://jeetpursimaramun.gov.np मा गई विद्युतिय सेवामा Click गरी कक्षा ८ को अन्तिम नतिजा २०८१ मा Click गरी वा https://jeetpursimara.digitaltechnosoft.com.np/welcome/onlineresult मा गई class 8 final result मा click गरी विद्यार्थीको सिम्बल नं. र जन्म मिति राखि नतिजा हेर्न सक्ने व्यवस्था रहेको व्यहोरा समेत जानकारी गराइन्छ । क्वीआरमार्फत परीक्षाफल हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

वि.सं.२०८१ चैत २७ बुधवार ११:४९