skip this farak Kura Pravakar

एमाले एक्लैले ७० प्रतिशत स्थानीय तह जित्छ : ओली

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्ने दावी गरेका छन् ।

‘एमालेलाई कसैको बैसाखी टेक्नुपर्छ, ढोडको लौरो टेक्नुपर्छ भन्ने होइन । हामी एक्लै लड्न सक्छौ’, अ‍ोलीले भने, ‘हामी ६० देखि ७० प्रतिशत एक्लै जित्न सक्छौ । यति जित्नका लागि अरुको साहारा लिनुपर्दैन ।’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कम्युनिस्टका नाममा रहेका पार्टीहरूको नामप्रति पनि कटाक्ष गरे ।

‘जसको काम नै फाटोवादी उ एकीकृत, जुन प्रतिगामी छ उ समाजवादी’, अध्यक्ष ओलीले एकीकृत समाजवादीप्रति लक्षित गर्दै भने ।

अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता घनश्याम भुसाललाई तथाकथित बुद्धिजीवीको संज्ञा दिए । उनले भुसालको नामै नलिई तथाकथित बुद्धिजीवीहरुले कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाए ।

‘नेकपा एमालेले कसरी जित्न सक्छ ? प्रगतिशिल शक्तिले कसरी जित्न सक्छ ? कुनै कुनै तथाकथित बुद्धिजीवीले लेख्छन्– कम्युनिस्टहरु मिल्ने कि समाप्त हुने ? भनेर’, ओलीले भने, ‘मोहन वैद्यको पार्टीसँग एमाले मिलेन भने एमाले समाप्त हुन्छ रे ? माधव नेपालको गुटसँग मिलेन भने एमाले समाप्त हुन्छ रे यो माधव नेपाललाई भनेको कि एमालेलाई भनेको यस्ता जिस्क्याउने काम नगर्न चेतावनी दिन्छु ।’ कम्युनिस्ट एकता बेकारको कुरा भएको पनि उनले बताए ।

‘कम्युनिस्ट सरकार ढाल्ने पनि कम्युनिस्ट ? ओलीको प्रश्न छ । दुई तिहाइ नजिक पुगेको पार्टीलाई चोइट्याउने त्यस्ता कम्युनिस्ट हुन्छन् ? भ्रम राख्नुहुन्न’, ओलीको भनाइ छ । नेता भुसालले कम्युनिस्टहरु नमिले समाप्त हुने लेख लेखेका थिए ।

उनले ताजा जनादेशमा जाने कुरालाई प्रतिगमन भन्दै केही स्वार्थी तत्वहरु लागेको र उनीहरु अहिले पतन भएको दावी गरे ।

‘कम्युनिस्ट सरकार ढाल्ने, फुटाउने प्रतिकृयावादीका पछि लाग्ने तलुवा चाट्ने र प्रसाद खानेलाई कम्युनिस्ट के को हुने ? ’ ओलीको प्रश्न छ । उनले ५ दललाई कम्युनिस्ट विरोधी शक्तिको संज्ञा दिँदै परमादेशी र जनादेशी शक्तिबीच लडाई भइरहेको पनि बताए ।

nijgadh-supermart-adz1200-630