skip this farak Kura Pravakar

काठमाडौंमा किड्जीकाे ‘आई केयर’ सेमिनार

1.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं-प्रि-स्कुल (प्रारम्भिक हेरचाह र शिक्षा केन्द्र)का रूपमा स्थापना भएको किड्जीले काठमाडौंमा ‘आई केयर’ को आयोजना गरेको छ ।

नेपालमा व्यवसाय बढाउँदै लगेको किड्जीले गत शनिबार बाल सुरक्षा सम्बन्धी सेमिनार आयाेजना गरेकाे हाे ।

सेमिनारकाे ललितपुर महानगरपालिकाको उप–मेयर मञ्जली शाक्य बज्रचार्यले उद्घाटन गरिन् ।

कार्यक्रमका मुख्य वक्ता, किड्जीका शिक्षाविद् किङ्स्टन डिसुजाले, विद्यार्थीहरूलाई सिकाउँदा उनीहरुको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने कुरामा कसरी किड्जी विस्वस्त रहेको छ भनेर जानकारी गराए ।

किड्जीका शिक्षाविद् किङ्स्टन डिसुजा ।

किड्जीले बाल दुर्व्यवहारको विभिन्न प्रकार, लक्षण र विनाशकारी प्रभावहरूका बारेमा दर्शकहरूलाई सचेत र शिक्षित बनाउने आशाका साथ बाल दुर्व्यवहारको रोकथामका लागि एउटा अभियानको रूपमा आई केयरको सुरुवात गरेको जनाएको छ ।

काठमाडौं उपत्यकाका प्रसिद्ध विद्यालय र प्रि स्कूलका प्रिन्सिपलहरूलाई सेमिनारमा सहभागी थिए ।

बाल दुर्व्यवहारका मुख्य चार प्रकारहरू शारीरिक दुर्व्यवहार, भावनात्मक दुर्व्यवहार, उपेक्षा र यौन दुर्व्यवहार भएको किड्जीले जनाएको छ ।

किड्जीले दुई हजार भन्दा बढी केन्द्रको सञ्जालका साथमा १४ लाख विद्यार्थीहरूलाई पालन–पोषण गरेको छ र एक लाख भन्दा बढी शिक्षकहरूलाई तालिम दिएको जनाएको छ ।

नेपालका ५ प्रमुख शहरका १३ स्थानमा किड्जीको उपस्थिति बढ्दो क्रममा छ । २० वर्ष भन्दा बढीको विरासत रहेको प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी, किड्जी ‘बाल्यकालको लागि के सही छ भन्ने सिद्धान्त’ द्वारा निर्देशित रहेको बच्चाहरु सिक्ने र बढ्ने सुरक्षित ठाउँ भएको किड्जीको दाबी छ ।

nijgadh-supermart-adz1200-630