नेताहरूले ईमान्दारिता पूर्वक जनताको सेवा गर्नुपर्छ–अध्यक्ष नेपाल
वि.सं.२०७९ चैत २५ शनिवार ०९:५९

काठमाडौं । देश विकासको लागि राजनीतिमा जोडिएका नेताहरूले ईमान्दारिता पूर्वक जनताको सेवा गर्नुपर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बताएका छन् । काठमाडौंमा आयोजित क्यालेन्डर विमोचन कार्यक्रममा बोल्दै उनले व्यवसायीहरूको हरिबिजोग भएको भन्दै उनले पार्टीसँग जोडिएका हरेक नेताहरूले जनतालाई दुख हैन सेवा दिने कार्य गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘लगानीकिर्ताहरुको हरिबिजोग भएको छ । जनतालाई दुख दिने हैन सेवा दिने काम गर्नुपर्छ । देश विकासको लागि जनतालाई सहयोग पु¥याउने काम गर्नुपर्छ ।’ कामको जिम्मा लिएपछि त्यसलाई निरन्तरता दिन सकेमा हरेक कार्यमा सफल हुन सकिने उनको भनाई छ । उनले देश र जनताको लागि नीति नियम र कानूनहरूलाई कार्यान्वयन गर्दै एक आपसमा मिलेर काम गर्नु पर्ने बताएका छन् ।
वि.सं.२०७९ चैत २५ शनिवार ०९:५९
















