सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ –गगन थापा
वि.सं.२०७९ माघ २८ शनिवार १४:३९

काठमाडौं । राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रस्ताव गरेका छन् । आज सामाजिक सञ्जालमा सञ्जाल मार्फत उनले उनले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनका लागि सडक खाली गराएर नागरिकलाई घन्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास परम्पराको नाममा चलिरहेको भन्दै शैली बदल्नुपर्ने बताएका छन् ।शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि भएको आक्रमण अशोभनीय र दुस्खद भएको भन्दै दोषीलाई कारबाहीका मागमा सरकारबाट तत्काल सुनुवाइ हुनुपर्ने बताएका हुन् ।महामन्त्री थापाले कार्यविधिमा त्यस्तो व्यवस्था गर्न तत्कालै पहल लिने समेत बताएका छन् ।
थापाले सामाजिक सञ्जालमा लेखेका छन् , विशिष्ट व्यक्तिको सवारीमा सुरक्षा व्यवस्थापन गर्ने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौँसम्म हिँडडुल गर्न नदिने अभ्यास परम्परा को नाममा चलिरहेको छ। यो शैलीप्रति हरेक पटक हामी आक्रोश पोख्छौ अनि बिर्सिन्छौँ। यो पटक पनि त्यस्तै हुन्छ। तर यस्तो दोहोरिन नदिने हो भने केही काम गर्नुपर्ने छ, पहिलो, विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदलौँ। राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा पुर्याउन नपाउने र यो कार्यविधि कुनै सुरक्षा निकायले उल्लङ्घन गर्न नपाउने व्यवस्था गरौँ र कार्यान्वयन गरौँ । दोस्रो, निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरि अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ।राष्ट्रपति एउटा व्यक्ति होइन संस्था हो।यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ । यसको एउटा कारण तामझामवाला शैली हो।संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौँ ।
ु
वि.सं.२०७९ माघ २८ शनिवार १४:३९

















