शारदा केसीका तीन मुक्तक
वि.सं.२०७८ माघ २२ शनिवार ०८:१८
1.64K
shares

- शारदा केसी
भाग : १
खुलेर हाँस्न अनि बोल्न नसक्नि भएको छु
प्रेमको कहानी बताउन नसक्नि भएको छुभुलेर सबथोक सम्झिनै पर्ने तिमी एक हौ
दिन अनि रात कटाउन नसक्नि भएको छु ।।
भाग : २
सम्झना तिम्रो साँझ बिहान हुन्छ मन चस्क्क
बिछोडको घाउ दिन प्रतिदिन हुन्छ मुटु कटक्क
हे प्रभु कसको सराप लाग्यो यो चोखो मायामा
दैब पनि हुन्न्छ बहिरो पुकार मेरो सुनेन पटक्क
भाग : ३
तिम्रो अर्धाङगिनी बन्ने रहर भाग्य नै फुट्यो
तिम्रो साथ पाउछु भन्ने भर पनि छुट्योअब के नै रह्यो जीवनमा टुटनु र फुटनु बाहेक
तिम्रो माया गुम्ला भन्ने डर दैबले नै लुट्यो ।।।
–काठमाडौं
वि.सं.२०७८ माघ २२ शनिवार ०८:१८

















