skip this

प्युठानमा जन्ती बोकेको जिप दुर्घटना : आठको मृत्यु‚ पाँच घाइते

2.68K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जिप दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ ।
नौबहिनी गाउँपालिकाको लुङमा विवाह सकेर बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५० ९२ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
प्रहरीका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। मृतकको पहिचान खुल्न बाँकी छ। बेहुला बेहुलीसहित पाँच जना घाइते छन्। उनीहरुलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ लगिँदै गरेको प्रहरीले बताएको छ ।
जीप आज बिहान ३ बजे अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

nijgadh-supermart-adz1200-630