skip this

विदुर अधिकारीको छन्द कविता – जिन्दगी

5.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

विदुर अधिकारी

छन्द-भुझङ्गप्रयात
बुझे जिन्दगी यो, लिपेको खलो हो
सजाएर राखे,सुनौलो थलो यो
यही जिन्दगीको,बुझी दिव्य मर्म
बसी यो धरामा,गरौँ शिष्ट कर्म
. (१)

कतै सिर्जनाका,घटा छन् खुलेका
भलो भाव छर्दै ,मजाले झुलेका
बिहानी उषाझैँ, बसे यो निसानी
हुने जिन्दगीको,अनौठो कहानी
. (२)

हुँदा व्यक्ति स्वार्थी,टुटे इष्टमित्र
जहाँ मिल्छ पैसा,उतै हुन्छ नेत्र
यही लोभमा नै,फसेको छ बानी
ढलाएर आस्था,डुब्यो जिन्दगानी
. (३)

रहेको छ माया,धरामा विचित्र
बडो मान गर्छन्,लिई स्वार्थ भित्र
फकाई फुल्याई,चुसी रक्त सारा
लुटे जिन्दगी यो,सुनेनन् पुकारा
. (४)

मिठो जिन्दगीमा,समस्या पलाए
उजाडिन्छ माया,दुराचार छाए
छुने आँट राखौँ,सधैँ चन्द्रलाई
भलो जिन्दगीमा,रमौँ दाजुभाइ
. (५)

        रामपुर,चितवन
       नेसास

nijgadh-supermart-adz1200-630