skip this

गोली लोड गरेर कम्मरमा नलकटुवा बन्दुक राखेर हिड्ने युवक बारामा पक्राउ

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : बाराको महागढीमाई नगरपालिका एक युवक हतियारसहित पक्राउ परेका छन् ।
महागढीमाई नगरपालिका–५ बगडमपुर टोलका ३५ वर्षिय मनोज प्रसाद जयसवाललाई
बारागढी गाउँपालिका–३ खोपवा बजार स्थित इलाका प्रहरी कार्यालय बारागढी बाराबाट खटिएको प्रहरी टोलीले कम्मरको भागमा सर्जिकल कम्मरपेटीले बाँधी लुकाई छिपाई राखेको नलकटुवा बन्दुक बरामद् गरेको हो ।
बन्दुकमा १ राउण्ड गोली लोड गरेको अवस्थामा फेला पारी पक्राउ गरी हातहतियार खरखजाना मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका जयसवाललाई बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630