skip this

गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति माधवकुमार नेपालको असन्तुष्टि

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन्।अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दावी लाग्ने सहमति भए पनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरूलाई उत्साही नबनाएको पनि स्पष्ट पारे।महानगरपालिका र उपमहानगरपालिकाको पदहरूको सिट बाँडफाँडले आफूहरू उत्साही भए पनि जिल्लाहरूको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भना‍इ छ।

nijgadh-supermart-adz1200-630