skip this

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकै गाउँका तीन जनाको मृत्यु

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सप्तरी । जन्ती जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेर एकै गाउँका तीन जनाको मृत्यु भएको छ ।

हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा भएको मोटरसाइकल दुर्घटनामा हनुमाननगर कंकालिनी नगरपालिका–३ का तीन युवाको मृत्यु भएको हो ।

दुर्घटनामा हनुमानगर कंकालिनी नगरपालिका–३ गिदखोराका ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षीय रञ्जीत यादवको मृत्यु भएको हो ।

सप्तरीको भारदहबाट पथरगाडातर्फ बिहेका लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश१–०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोक्किएको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630