परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपविदेशमन्त्री न्युल्यान्डबीच भेटवार्ता
वि.सं.२०७९ माघ १६ सोमवार १५:०७
1.23K
shares

काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, दुईपक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुईपक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
वि.सं.२०७९ माघ १६ सोमवार १५:०७

















