skip this

जापानी राजदूत यूताका र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबीच भेटवार्ता

1.28K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । जापानी राजदूत एचई श्री किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा भेटवार्ता भएको छ । उक्त भेटवार्तामा सशस्त्र प्रहरी बल नेपालले दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको, एक अर्कामा सहकार्य गर्दै काम गरेको तथा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा परिचालनको बारेमा जानकारी गराइएको थियो ।

त्यसैगरी नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहनुकोसाथै विपद् व्यवस्थापनमा अहम भूमिका रहेको तथा जापानसँग विभिन्न क्षेत्रमा सहकार्यको सम्भावनको बारेमा समेत जानकारी गराइएको थियो ।

सोही अवसरमा जापानी राजदूतको तर्फबाट नेपाल र जापानबीचको सम्बन्ध, नेपाललाई सधै सहयोग गर्न तयार रहेको तथा सशस्त्र प्रहरी बल नेपाको कार्यादेश तथा परिचालन र विपद् व्यवस्थापनमा जापान र नेपालको अवस्था तथा सहकार्यको सम्भावनहरुबारेमा समेत कुराकानी भएको थियो । उक्त भेटवार्ता कार्यक्रममा जापानी राजदूतावासका केन्जी योसमुरा र डा। शोभना बज्राचार्य तथा सशस्त्र प्रहरी नायव महानिरक्षिक बिदुर खड्काको समेत सहभागीता रहेको थियो ।

nijgadh-supermart-adz1200-630