skip this

आज प्रधानमन्त्री दाहाल र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बालुवाटारमा पुगेर राजदूत सोङले प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन्। सोङ एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। बेइजिङले एसिया मामिला हेर्ने पाँच जना डेपुटी डाइरेक्टर जनरलमध्ये सोङलाई नेपालको राजदूतमा नियुक्ति गरेको हो।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको पूर्वाधार विकासका साथै यसअघिका सम्झौता कार्यान्वयन प्रभावकारी रुपमा अघि बढाएको बताएका छन्। उनले नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध रहेको समेत बताएका छन्।

राजदूत सोङले नेपालको आर्थिक एवम् भौतिक पूर्वाधारको विकासमा चीनको साथ रहने जानकारी गराए। राजदूत सोङले पोखरामा यति एयरलायन्सको विमान दुर्घटना भएकोप्रति दुख व्यक्त गरेका छन् । दुर्घटना भएको विमानमा नेपाली ५३, भारतीय ५, रूसी ४, कोरियाली २, आइरिस १, अस्ट्रेलियाली १, अर्जेन्टिनी १, फ्रान्सेली १ जना गरी ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।

nijgadh-supermart-adz1200-630