प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल
वि.सं.२०७९ माघ २ सोमवार १०:५५
798
shares

काठमाडौं । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा आज भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बताइएको छ।
प्रधानमन्त्री प्रचण्डले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर आइतबार पोखरामा विमान दुर्घटना भएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्न सकेको थिए। आजको भेटमा मन्त्रिपरिषद् विस्तारका साथै अन्य राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ।
वि.सं.२०७९ माघ २ सोमवार १०:५५

















