skip this

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रतिनिधि सभामा प्रधानन्त्रीमा प्रचण्डले विश्वासको मत पाएको भोलिपल्ट दुई शीर्ष नेताबीच छलफल भएको हो ।

बुधबार साँझ ओली निवास बालकोटमा आगामी यात्रा र सरकार विस्तारबारे छलफल भएको बताइएको छ ।

भेटवार्तामा दुई नेताबीच मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल भएको छ । प्रधानमन्त्रीले विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ ।

nijgadh-supermart-adz1200-630