skip this

पृथ्वीनारायण शाह भौगोलिक एकीकरणका नायक : नारायणकाजी श्रेष्ठ

1.98K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएर सरकारले ऐतिहासिक कदमलाई स्थापित गरेको बताएका छन् । उनले शाह नेपालको भौगोलिक एकीकरणका नायक भएको पनि बताए ।

पृथ्वी जयन्तीको अवसर पारेर बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा उनले नेपालको भौगोलिक एकीकरणको नायक पृथ्वीनारायण शाहबारे कुनै पनि विवाद गर्नुपर्ने आवश्यकता नरहेको बताए ।

उनले भने, ‘नेपालको भौगोलिक एकीकरणका नायक हुनुहुन्छ पृथ्वीनारायण शाह । वास्तवमा पृथ्वीनारायण शाहको भूमिकाका बारेमा कुनै विवाद गर्नुपर्ने आवश्यकता छैन । राज्य विस्तारकै तरिकाद्वारा बस्तुगत रूपमा नेपालको भूभागको पुर्नएकीकरण गर्ने काम पृथ्वीनारायण शाहमार्फत भयो । त्यसलाई स्मरण गर्दै, त्यसलाई सम्मान गर्दै सरकारले आज दिनलाई पृथ्वी जयन्तीको रूपमा बिदा दिने निर्णय गरेको छ । यसको ऐतिहासिक महत्त्व स्थापित भएको छ । पहिलो कुरा त हामीले ऐतिहासिक सत्यलाई राज्यको स्थापित गर्ने काम गरेका छौं ।’

सरकारले यस वर्ष पृथ्वी जयन्तिमा सार्वजनिक दिएको थियो ।

nijgadh-supermart-adz1200-630