लैङ्गिक हिंसामा महिला मात्र नभइ पुरुषहरु हिंसाको चपेटामा छन् : प्रदेश सांसद लामा
समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्था निजगढको तेस्रो साधारण सभा सम्पन्न
वि.सं.२०८० मंसिर ९ शनिवार २०:५०

बारा–मधेस प्रदेश सभा सदस्य मीन लामाले लैङ्गिक हिंसामा महिला मात्र नभइ पुरुषहरु हिंसाको चपेटामा परेको बताएकी छिन् ।
निजगढ नगरपालिका–८ स्थित समुन्नत महिला बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै सांसद लामाले पुरुषको हिंसाबारेमा समेत आवाज उठाउन आवश्यक रहेको बताईन् । उनले महिला र पुरुष बराबरी रहेको भन्दै काम र व्यवहारमा समानता ल्याउन समान्ती, शोषक सोच त्याग्नु पर्ने बताईन् ।

पानसमा प्रज्वलन गरी उद्घाटन गर्दै सभा सदस्य लामाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने आभियान सुरु भएकै दिन महिलाहरुले नेतृत्व गरेको सहकारीले लैङ्गिक हिंसा अन्त्यका लागि समेत अभियान थाल्नु पर्ने बताईन् । लामाले सबै मिलेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सफल पार्नु पर्नेमा जोड दिईन् ।
उनले देश आर्थिक संकट जस्तो जटिलता रहेको अवस्थामा स्थानीय स्तरमा समुन्नत महिला बहुद्देश्यीय सहकारीले यस निजगढ क्षेत्रकै उत्कृष्ट कार्य गरेको बताईन । महिलाहरुले सहकारी मात्र नभई देश चलाउन सक्ने भन्दै महिलाहरुबाट संचालित सहकारीको प्रसंशा समेत गरिन् ।
त्यसैगरी निजगढ नगर पुर्व प्रमुख सुरेशकुमार खनालले यस संस्था महिलाहरुको बिश्वासका कारण उत्कृष्ट रहेको र अहिले सहकारी र लघुबित्तहरुमाथी विभिन्न बहानामा आक्रमण भईरहेको हुनाले त्यस्ता तत्वबाट बचेर काम गर्न अनुरोध समेत गरे ।

नगरपालिकाले सहकारीहरुको संस्थागत विकास र आय आर्जन जस्ता कार्यमा सहयोग गर्न समेत आग्रह गरेका थिए ।
कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर सोमाया थिङ्गले महिलाहरु कमजोर अवस्थाबाट बाहिर आईसकेकी बताईन् ।

नगरपालिकाका सहकारी शाखा प्रमुख अजय कुमार उप्रेतीले सहकारीलाई व्यवस्थित गर्ने विषयमा अब प्रशिक्षण दिन लागिएको जानकारी दिए । उनले सहकारीमा काराबार सुरक्षित हुने विभिन्न आधारहरु रहेको भन्दै समुदायको समृद्धिको लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मंगल लोप्चन, निजगढ नगरपालिका सदस्य मिना चौरेल, शर्मिला विक, अरुणा विक, मनमाया लामा, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य महेश्वर अधिकारीलगायतले संस्थाको शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै कार्यक्रममा निजगढ नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान कार्यपालिका सदस्य मानबहादुर डासेली विभिन्न संघ संस्थाका प्रमुख पत्रकारलगायतका उपस्थिति रहेको थियो ।

सस्थाको आयब्यय प्रतिवेदन संस्थाकी अध्यक्ष कल्पना खरेलले प्रस्तुत गर्दैै संस्थाले दुई सय ८७ जना शेयर सदस्यको विचमा एक करोड ७७ लाख ६२ हजारको आर्थिक कारोबार गरेको बताईन् । उनले ६७ लाख २० हजार सेयर पुँजी रहेको संस्थाले १२ लाख नाफा आर्जन गरेको छ ।

संस्थाले गार्मेन्ट उद्योग सञ्चालन गरेको छ । विद्यालयको पोशाक, झोला, खादा, झण्डा र जाडो तथा गर्मीका कपडाहरु उत्पादन गरि १२ लाख बराबरको विक्रि गरेको छ ।
कार्यक्रममा लेखा प्रतिबेदन लेखा संयोजक शान्ती लामाले प्रस्तुत गरेकी थिइन् भने आर्थिक प्रतिबेदन कोषाध्यक्ष चन्दा लामाले पेश गरेकी थिइन् । पेश गरेको सबै प्रतिवेदन सभाद्वारा सर्वसम्मत पास गरेको छ ।
सस्थाकी अध्यक्ष कल्पना खरेलको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष सगुन लामा रसंचालन सचिव उषा मोक्तानले गरेकी थिइन् ।
सम्मान
कार्यक्रममा उत्कृष्ट बचततर्फ शरण बहादुर सुनार र उत्कृष्ठ ऋणीतर्फ भेषकुमारी कंडेल, उत्कृष्ट बचत, उत्कृष्ट बालबचततर्फ दिलिप शिवाकोटी, उत्कृष्ट कर्मचारीतर्फ बजार प्रतिनिधि सविता लामालाई प्रदान गरिएको थियो ।

त्यसैगरि पूर्व मेयर खनालसहित कार्यपालिका सदस्य मिना चौरेल, शर्मिला विक, अरुणा विक, मनमाया लामा, पवित्रा सुनारलाई पोशाक वितरण कार्यक्रम प्रदान गरेर सहयोग गरेको भन्दै सम्मान–पत्र प्रदान गरिएको छ ।
वि.सं.२०८० मंसिर ९ शनिवार २०:५०

















