skip this

स्वदेशी उत्पादनको उपभोग गर्न मातहतका निकायलाई मन्त्रालयको निर्देशन

867 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मातहतका कार्यालयहरुलाई स्वदेशी उत्पादनको उपभोग गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परिपत्र गरेको छ । सबै संस्थान र विभागलाई स्वदेशी उत्पादन प्रयोग गर्न मन्त्रालयले अपिल गरेको छ ।

आज उद्योग मन्त्रालयले एकपरिपत्र जारी गर्दै फागुन १२ गते सचिवको संयोजकमा बसेको ६४ औं केन्द्रीय अनुगमन तथा मुल्यांकन समितिको बैठकको निर्णयले सबै सरकारी निकायले सम्भव भएसम्म नेपाली वस्तु प्रयोग गर्ने प्रवन्ध मिलाउँने उल्लेख गरेकाल सो बमोजिमको निर्णय कार्यान्वयनको लागि अनुरोध गरेको छ ।

 

nijgadh-supermart-adz1200-630