पृथ्वीनारायणलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होईन – गोकुल बास्कोटा
वि.सं.२०७९ पुस २३ शनिवार १०:१२
1.01K
shares

काठमाडौं । पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन माग नेकपा (एमाले)का नेता तथा सांसद गोकुल बास्कोटाले गरेका छन् ।आज सामाजिक संजाल मार्फत आफ्नो धारणा राख्दै नेता बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदाको माग गरेका हुन् ।
सांसद गोकुल बास्कोटाले सामाजिक संजालमा लेखेका छन्, ‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ। यहाँ उस्तै परे फेवररी १४(भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ।उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होईन।’
वि.सं.२०७९ पुस २३ शनिवार १०:१२

















