सेती खोँच वरपर तारबार लगाउन सरकारसँग सांसद भट्टराईको माग
वि.सं.२०८० वैशाख ३ आइतवार १४:०९
945
shares

काठमाडौं। सेती खोँच वरपर तारबार लगाउन नेकपा (एमाले) की सांसद विद्या भट्टराईले सरकारको ध्यानाकर्षण गराएकी छन्। आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले सेती नदीको खोँचमा परेर वर्षौँ मानिसहरुले ज्यान गुमाउन परेको बताउँदै तारबार लगाउन सरकारसँग माग गरेकी हुन्।
भूगर्वविद्हरूले पनि सेती नदीले निट भविष्यमा जुनसुकै खालका जोखिम पुर्याउने खतरा रहेकोबारे सरकारलाई ध्यानाकर्षण गराएको बारेमा पनि भट्टराईले स्मरण गराइन्। ‘दुःखद् घटना हुँदा हामी केही संवेदनशील बन्छौं। जब पुरानो हुँदै जान्छ, हामी बिर्सदैँ जान्छौं,’ उनले भनिन्। सेती नदीलाई संरक्षण गर्नका लागि योजना बनाउने विषयमा पटकपटक संसदमा आवाज उठेपनि सरकारले ध्यान नदिएको उनले बताइन्।
वि.सं.२०८० वैशाख ३ आइतवार १४:०९

















