skip this

चिप्लिएर नारायणीमा खसेका एक पुरुष बेपत्ता 

2.41K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन-चिप्लिएर नारायणी नदीमा लडेका एक पुरुष बेपत्ता भएका छन् । बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुष नारायणी नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा गोरखा आरुघाट घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको खोजी कार्य थालिएको छ ।

nijgadh-supermart-adz1200-630