नेसनल बैंकिङ डिस्कोर्स आज

516 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-बृहत् आर्थिक संवाद कार्यक्रम ‘द नेसनल बैंकिङ डिस्कोर्स २०२३’ आज मंगलबार आयोजना हुँदै छ । ‘चिर्दै अभूतपूर्व समस्याका चुनौतीहरू’ भन्ने नाराका साथ काठमाडौंको सोल्टी होटेलमा बृहत् आर्थिक संवाद कार्यक्रम नेसनल बैंकिङ डिस्कोर्स’ हुने भएको हो ।

कार्यक्रममा वर्तमान आर्थिक परिदृश्यमा बजेटसँगको अपेक्षा, वित्तीय सेवा र इकोसिस्टमको डिजिटलाइजेसन, रेमिट्यान्सले धानेको अर्थतन्त्रको प्राण र यसको भविष्य, दिगो अनि समावेशी विकासका लागि अहम् वित्तीय साक्षरताको अपरिहार्यता र स्थितिलगायतका विषयवस्तुमा मूलभूत छलफल हुनेछ ।

बैंकिङ समाचारले आयोजना गर्ने यस कार्यक्रमलाई नबिल बैंकले प्रायोजन गरेको छ ।

मंगलबार हुने डिस्कोर्समा बैंकिङको अवस्था, व्याजदर वृद्धिको समस्या, बैंकहरूमा भइरहने तरलताको समस्या, बढ्दाे निष्कृय कर्जाको स्थिति, वित्तीय संस्थाप्रतिकाे विश्वास घटाउने अफवाहकाे बढाेत्तरी निराकरणलगायतका विषयमा छलफल हुने इम्प्रेसन अ क्रियटिभ डिजाइनका अध्यक्ष राजु ढुंगेलले बताए । बैंकिङ डिस्कोर्स कार्यक्रमकाे व्यवस्थापनकाे काम इम्प्रेसनले गरेकाे हाे ।

डिस्कोर्स कार्यक्रका मुख्य चारवटा सत्र हुनेछन् । वित्तीय पहुँच, आगामी बजेटको भूमिका, डिजिटल इकोसिस्टम र वित्तीय साक्षरताजस्ता महत्त्वपूर्ण विषयहरूमा बहस हुने उनले बताए । आन्तरिक तथा अन्तर्राष्ट्रिय अवस्था र परिवेशले अर्थतन्त्रलाई शिथिल बनाएको अवस्थामा आयोजना गर्न लागिएको सम्मेलनमा अर्थमन्त्री, गभर्नर, अर्धविद बैंकरलगायतको उपस्थिति रहनेछ ।

nijgadh-supermart-adz1200-630