सेवा शुभारम्भ साकोसद्धारा निजगढ खेलकुद प्रतिभा पुरस्कार जन्मेजय धामीलाई प्रदान ! अरु कसलाई के सम्मान

वि.सं.२०८० पुस २० शुक्रवार १९:४३

बारा–बाराको निजगढ नगरपालिका–९ शहीदचोकस्थित सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्थाले निजगढ खेलकुद प्रतिभा पुरस्कार जन्मेजय धामीलाई प्रदान गरेको छ ।
१३ औं वार्षिक साधारण सभाको अवसरमा संस्थाले प्रदान गरेको सम्मान पत्र निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, उपमेयर सोममाया थिङ्ग, संस्थाका अध्यक्ष मणिश्वर घिमिरे हस्तान्तरण गरेका थिए ।
को हुन् जन्मेजय ?
बाराको निजगढ–४ पुरानो निजगढका यूवा फुटबल खेलाडी हुन्, धामी । उनले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा पुगेर खेलिसकेका छन् । उनले भर्खरै नेपाल सुपर लिगमा बुटवल लुम्बिनीबाट खेलेका थिए ।
यसअघि सन् २०२२ मा एनआरटी क्लबबाट एडिभिजन लिग खेलेका धामीले बहराइनमा २०२१ यु २० एएफसी क्वालिफायर च्याम्पियनसिप खेलेका थिए ।
त्यसैगरि भारतमा यु २० साफ फुटबल खेल खेलका थिए । उनले २०१९ मा भारतमा यु १५ साफ खेल र जोर्डनमा यु १६ एएफसी क्वालिफायर च्याम्पियनसिप खेलेका छन् ।
अरु कसलाई के सम्मान ?
साधारण सभाको अवसरमा संस्थाले विभिन्न विधामा सेयर सदस्यदेखि कर्मचारी, पूर्व कर्मचारीलाई समेत सम्मान गरेको छ ।
असल बचतकर्ता सम्मान
संस्थाले असल बचतकर्ताका रुपमा निजगढतर्फ शान्ती सापकोटा, उर्मिला श्रेष्ठ, भरतगञ्जसिंगौलतर्फ राधा देवी डासेली मगर, रतनपुरतर्फ पूर्ण बहादुर अधिकारी र टांगियाबस्तीतर्फ शंकर बहादुर थोकरलाई सम्मान गरेको छ ।
असल ऋणी सम्मान
संस्थाले काराबोर गर्नेमध्ये असल ऋणी सम्मानबाट निजगढतर्फ अशोक न्यौपाने, दिनेश कडेल, दुर्गा घिमिरे, चन्द्रशेखर प्रसाद साह कानु, भरतगञ्जसिंगौलतर्फ विजरमान भोलन, रतनपुरतर्फ रामबाबु कुमरलाई सम्मान गरेको छ ।
असल सेयर मासिक बचत सम्मान
संस्थाले असल सेयर मासिक बचत सम्मान निजगढतर्फ शरदा गौतम, सर्मिला देवी चौधरी, भरतगञ्जसिंगौलतर्फ निर्मला कुमारी चौधरीलाई सम्मान गरेको छ ।
असल बाल बचतकर्ता सम्मान
संस्थाले असल बाल बचतकर्ता सम्मान निजगढतर्फ साईरा खड्का र लुनिभा शाहीलाई सम्मान गरेको छ ।
असल बिप्रेषणकर्ता सम्मान
संस्थाले असल बिप्रेषणकर्ता सम्मानबाट निजगढतर्फ चन्द्र बहादुर थोकर, भरतगञ्जसिंगौलतर्फ ठुली माया भोलन, रतनपुरतर्फ नरण कुमारी खड्कालाई सम्मान गरेको छ ।
कर्मचारी सम्मान
संस्थाले कर्मचारी सम्मानबाट बजार प्रतिनिधि सुस्मिता धिताल र आशिक कुमार चौधरीलाई सम्मान गरेको छ ।
छात्रावृत्ति प्रदान
संस्थाले दुई जनालाई छात्रावृत्ति प्रदान गरेको छ । सामुदायिक विद्यालयतर्फ एसईई परीक्षामा जीपीए २.६७ ल्याएका छात्र राजन कुमार कार्की र संस्थागत विद्यालयतर्फ एसईई परीक्षामा जीपीए ३.७ ल्याएका छात्र रचित सञ्जेललाई सम्मानपत्र र नगद प्रदान गरिएको छ । त्यसैगरि पठन पाठनको लागि मोहिनी श्रेष्ठलाई नगद छात्रावृत्ति प्रदान गरेको छ ।

वि.सं.२०८० पुस २० शुक्रवार १९:४३