skip this farak Kura Pravakar

सुनसरी दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सुनसरी शुक्रबार राती ट्रक र बस ठोक्किंदा भएको दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रक चालक बाराको निजगढ–९ का २५ वर्षिय शेख फिरोज, बस चालक पाँचथरका सुरेन राई र बसका यात्रु पश्चिम बङ्गालका २३ वर्षीय निहाल प्रधान रहेका छन् ।
बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् । दुई जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।
भोक्राहा नरसिंह नगरपालिका–३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना५ख २९९६ नंम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना८ख ८४९३ नंम्बरको बस ठोक्किएका थिए ।
दुर्घटनापछि दुवै सवारिमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरेन्द्र कार्कीले फरक नेपाललाई जानकारी दिए ।

nijgadh-supermart-adz1200-630