skip this bagdve 29 th

सर्लाहीमा बेपत्ता १६ वर्षिय युवती मृत  भेटिईन् : स्थानीयले गरे चक्काजाम

675 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका– १७ रानीगन्जको डाँडाटोलकि १६ वर्षीया युवती प्रिंयका भुजेल गएराति मृत अवस्थामा फेला परेकी हुन्।
   युवतीको शव घरदेखि करिब तीन किलोमिटर उत्तर लालबन्दी नगरपालिका– ६ स्थित कालिन्जोर खोलामा फेला परेको हो। युवती साउन ३१ गते रातिदेखि बेपत्ता भएपछि परिवारले साउन ३२ गते प्रहरीमा खबर गरेका थिए। मध्यरातमा युवतीको शव फेला परेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।
सडक अवरुद्ध
तीन दिनदेखि बेपत्ता युवतीको शव फेला परेपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेका छन्।
लालबन्दी नगरपालिका– १७ रानीगन्जमा बेपत्ता युवती मृत फेला परेकाे घटनालाई लिएर आक्रोशित स्थानीयले दिउँसोबाट पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेका हुन्।
लोकमार्ग अवरुद्ध भएसँगै लामो तथा छोटो दूरीको सवारीसमेत बाटोमा नै अलपत्र बनेको छ। आन्दोलित उनीहरूले लोकमार्गस्थित लालबन्दी नगरपालिकास्थित इलाका प्रहरी कार्यलयअगाडि टायर बलेर प्रदर्शन गरेका छन्।

nijgadh-supermart-adz1200-630