skip this

अन्ततः प्रदेश २ का सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङको समाजवादी केन्द्रमा सनाखत

885 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : प्रदेश २ का दुई जना सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङले माधव कुमार नेपाललाई साथ दिएका छन् ।
नेकपा (एमाले) को अन्तरसंघर्षका बेला नेता नेपाललाई साथ दिएका बाराका यी दुवै सांसदले केपी ओली नेतृत्वको नेकपा (एमाले) मा रहने भन्दै वीरगञ्जमा आयोजित नेकपा एमालेको प्रदेशस्तरीय बैठकमा सहभागी भएको सार्वजनिक भएको थियो ।

सांसद विश्वकर्मा र गुरुङले आईतबार प्रदेश निर्वाचन कार्यालय जनकपुरमा पुगेर नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेका हुन् ।
विश्वकर्मा बाराको ४ क बाट निर्वाचित भएका हुन् भने गुरुङ समानुपातिक सांसद हुन् । सांसद विश्वकर्मा पार्टी जिल्ला अध्यक्ष समेत हुन् ।

सांसद गुरुङले फरक नेपाल डट कमसंग टेलिफोनमा कुरा गर्दै सनाखत गरेको पुष्टि गरिन् । ‘हामी दुवै जनाले सनाखत गरेका छौं,’ उनले भनिन्–प्रदेश २ मा नेकपा (एकीकृत समाजवादी) मा सनाखत गर्नेको संख्या १३ पुगेको छ ।’

nijgadh-supermart-adz1200-630