skip this yams_Max_Hospital.jpeg

निजगढमा समाजवादी केन्द्रको खाता खुल्यो : कार्यपालिका सदस्य पवन विकले गरे सनाखत

1.22K shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (कलैया) : निजगढ नगरपालिकाका कार्यपालिका सदस्य पवन विकले माधव नेपाल नेतृत्वको नेकपा (समाजवादी केन्द्र) को पक्षमा सनाखत गरेका छन् ।
जिल्ला निवार्चन कार्यालय बारा कलैयामा पुगेर नेकपा एमालेका नेपाल उत्पिडित जातीय मुक्ति समाज नेपाल, निजगढ नगर अध्यक्ष समेत रहेका विकले समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
समाजवादीमा सनाखत गर्ने विक निजगढ नगरपालिकाका पहिलो जनप्रतिनिधि हुन् । निजगढमा नेकपा एमालेमा अधिकांश खुलको बेलामा विकको सनाखतलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले आफुले सुरुवात गरेको भन्दै एक÷दुई दिनमा अरु जनप्रतिनिधिले पनि सनाखत गर्ने विश्वास व्यक्त गरेका छन् ।


विक नगरपालिकामा अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यमा निर्वाचित भएका थिए । उनी राजनीतिसंगै समाजिक सेवामा समेत सक्रिय छन् । उनको नेतृत्वमा हालै निजगढ १३ की सुनमाया तामाङ्गको ट्यूमरको अप्र्रेशन भएको थियो । शिक्षण पेशाबाट राजनीतिमा लागेका उनी सञ्चार क्षेत्रमा समेत सक्रिय छन् ।
अध्यक्षको बधाई
समाजवादीको पक्षमा सनाखत गरको विकलाई पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले बधाई दिएका छन् । टेलिफोनमा कुराकानी गर्दै अध्यक्ष नेपालले विकलाई बधाई दिएका हुन् । उनले पार्टीको पक्षमा दृढतापूर्वक लाग्न समेत आग्रह गरेका छन् ।
ओली प्रवृतिको विरोध
केपी शर्मा ओलीले नेकपा (एमाले) पार्टीलाई क्षतविच्क्षेत गरेकाले त्यो गलत कार्यको विद्रोह गरिएको बताए । अहिलेको मुख्य जिम्मेवारी युवाको काँधमा आएकाले विद्रोहलाई साथ दिएको कार्यपालिका सदस्य विकले बताए । उनले भ्रम र अन्यौंलमा नपरि समाजवादी केन्द्रको जोडिन आह्वान समेत गरेका छन् ।

nijgadh-supermart-adz1200-630