skip this

सुनसरीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु

1.17K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ।सुनसरीमा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१८, नयाँटोलमा स्कुल बसको ठक्करबाट स्थानीय ५५ वर्षीया मेहरुन खातुनको मृत्यु भएको हो ।

बेबिलोन सेकेन्डरी बोर्डिङ स्कुलको को१क १८६६ नम्बरको बसले हिजो बिहान करिब साढे ७ बजे खातुनलाई ठक्कर दिएको थियो । खातुनको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।बससहित चालकलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

nijgadh-supermart-adz1200-630