skip this yams_Max_Hospital.jpeg

नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना घाइते

468 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं  : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् ।
   काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।
   जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट खस्दा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको हो ।
    प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीया योगमाया सुवेदी, कन्चनपुरका ४० वर्षीया रंगी तिरुवा र कन्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् । मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा  मृत्यु भएको थियो । दुर्घटनामा घाइते २४ मध्ये  २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी दिलीपकुमार गिरीले बताए । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको उनले बताए । २३ स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा ट्रकले बसलाइ ठक्कर दिँदा बस खोल्सामा खसेको थियो ।
    ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630