skip this farak Kura Pravakar

डलर को भाउ बढ्यो

531 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : नेपालमा आज (मंगलबार) अमेरिकी डलरको भाउ बढेको छ । सोमबार खरिददर ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको थियो । आज अमेरिकी डलरको खरिददर ११७.५८ र बिक्रीदर ११८.१८ रुपैयाँ तोकिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार यूरोपेली मुद्रा यूरोको विनियमदर भने आज पनि छ । नेपाल राष्ट्र बैंकले आजका लागि यूरोको खरिददर १३८.५० र बिक्रीदर १३९.२० रुपैयाँ तोकेको हो ।

बेलायती पाउण्डको खरिददर १६२.६१ र बिक्रीदर १६३.४४ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८६.४६ र बिक्रीदर ८६.९० रुपैयाँ तोकिएको हो ।

एसियन मुलुकतर्फ सिंगापुर डलरको खरिददर ८७.५२ र बिक्रीदर ८७.९७ रुपैयाँ तथा १० जापानी येनको खरिददर १०.६८ बिक्रीदर १०.७३ रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा आज नेपालमा यी दुवै मुुद्राको विनिमयदर बढेको हो ।

यस्तै, साउदी अरेबियन रियालको खरिददर ३१.३५ रुपैयाँ तथा बिक्रीदर ३१.५१ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।  यस्तै, कतारी रियालको खरिददर ३२.२९ र बिक्रीदर ३२.४६ रुपैयाँ, संयुक्त अरब इमिरेट्स दिरामको खरिददर ३२.०१ र बिक्रीदर ३२.१७ रुपैयाँ तथा मलेसियन रिंगेटको खरिददर २८.३३ र बिक्रीदर २८.४७ रुपैयाँ तोकिएको छ ।

यसैगरी, १०० कोरियन वनको खरिददर १० रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ, हङकङ डलरको खरिददर १५.११ रुपैयाँ तोकिँदा बिक्रीदर १५.१९ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।                                                       

nijgadh-supermart-adz1200-630