skip this farak Kura Pravakar

फिलिपिन्सबिरुद्ध पहिलो हाफमा नेपाललाई १–० को अग्रता

438 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा फिलिपिन्स र नेपालबीचको खेल जारी छ ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको समाप्तिमा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १–० को अग्रता बनाएको छ। नेपालले खेलको १०औं मिनेटमा अग्रता बनाएको हो ।
नेपालका लागि विमला चौधरीले गोल गरिन् । उनको राष्ट्रिय टोलीबाट पहिलो गोल हो । खेलको ३९ मिनेट चोट बोकेसङै किमलाले मैदान छाडेकी छिन् । उनको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरेकी छिन् । पहिलो हाफमा गोल गरे पनि नेपालले डिफेन्सिभ खेल खेलिरहेको छ ।

nijgadh-supermart-adz1200-630