१ हजार ६६ कोरोना संक्रमित थपिए, १६ को मृत्यु
![Farak Nepal Farak Nepal](https://faraknepal.com/wp-content/themes/new_theme_faraknepal/images/icon.jpg)
वि.सं.२०७८ असोज २ शनिवार १७:१५
429
shares
![image image](https://faraknepal.com/wp-content/uploads/2021/08/covid-update.jpg)
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४० जनाको पीसीआर परीक्षणमा ८ सय ३५ र २ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २३४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
![Farak Nepal Farak Nepal](https://faraknepal.com/wp-content/themes/new_theme_faraknepal/images/icon.png)
वि.सं.२०७८ असोज २ शनिवार १७:१५