यस्तो छ, तीन दिनकाे माैषम पूर्वानुमान, यी स्थानमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना
![Farak Nepal Farak Nepal](https://faraknepal.com/wp-content/themes/new_theme_faraknepal/images/icon.jpg)
वि.सं.२०७८ असोज ८ शुक्रवार ०६:४७
![image image](https://faraknepal.com/wp-content/uploads/2021/09/mausam_1_g9uYSYEbfH.jpg)
काठमाडौँ :भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभावले देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ ।
साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेकाले देशभरको मौसम परिवर्तन भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज (शुक्रबार)बिहान विज्ञप्तिमार्फत आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
यो क्रम रातीसम्मै जारी रहने विभागको विश्लेषण छ ।
यसैगरी भोलि शनिबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।
पर्सी आइतबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उक्त स्थानहरूका पहाडी भू-भागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेकाे छ ।
![Farak Nepal Farak Nepal](https://faraknepal.com/wp-content/themes/new_theme_faraknepal/images/icon.png)
वि.सं.२०७८ असोज ८ शुक्रवार ०६:४७