skip this farak Kura Pravakar

मुक्तक : छाेरीकाे पीडा र एमसीसीकाे डर

1.24K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

निर्मला खत्री


१.

लागिदियो खुट्टामा ठेस हिड्न डर लाग्यो
भन्छन् निकै घमण्डी छेस् हिड्न डर लाग्यो
छोरी भएर बाठी नबन्, धेरै नबोल्नु रे धेरै,
यस्तै खालका सुनेर आदेश हिड्न डर लाग्यो ।।

२.
सकियोस् जीवन बगे पनि रगतको खोला छोड्नु हुँदैन
एकदिन माटोमै मिसिने हो मनुष्य चोला छोड्नु हुँदैन 
एम.सी. सी.पास गरे पछि  विकास हुन्छ भन्छन् देशमा,
विकास त  होला तर नेपाल नेपाल नहोला छोड्नु हुँदैन ।।
            -सुनकोसी-३, ओखलढुङ्गा

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630