skip this farak Kura Pravakar

बिचार : लाेक साहित्यकाे पहिचान

3.14K shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

शंकर ढकाल

परिचय
देश, काल र परिस्थिति अनुसार इतिहासकै माैखिक स्राेत, विविध छन्द, लय, ताल, रस, बिम्ब, प्रतीक, अलङ्कारदेखि प्रवाहित, सरल, सुबाेध, जनजीवन छर्लङ्गिने ऐना, समष्टिकाे मनदेखि जन्मिने आफ्नै आकर्षक रूप, विधामा आधारित, लाेकमा प्रचलित, लाेकद्वारा रचित, लाेककै लागि आवश्यक, राष्ट्रकै माैलिक, संस्कार, संस्कृति, परम्परा, सभ्यता, धर्माधारित प्राकृतिक साहित्य नै लाेक साहित्य हाे ।
   यसकाे प्राचीन इतिहास वैदिक कालसम्म नै छ । जितारी मल्ल, जालन्धरी मल्लकाे (वि.सं. १३१०)  चैतलाई आरम्भकाे इँट्टा मानिएकाे छ । गतिशील समयका साथ माैखिकदेखि लिखित रूपमा पनि पहिचान बनाउन सफल लाेक साहित्यकै कारण सांस्कृतिक विविधतामा पनि अगाडि हुनु नेपालका लागि गर्वकाे विषय हाे ।
एतिहासिक सन्दर्भ
हजुरआमा भन्नुहुन्थ्याे `रेडियाे नेपालमा गुञ्जन्थ्याे´ 
घुरुमा घुरु परेवा घुर्‍याे बार्दली काैँसीमा
नब्बे है सालमा भुइँचालाे गयाे साेमबारे अाैसीमा ।
यी हरफले भूतलाई पनि वर्तमानमा पुनर्जीवित गरेकाे छ अर्थात् ईतिहास भेटिन्छ भन्ने तथ्यलाई प्रष्ट पारेकाे छ । प्रथम, दाेस्राे विश्वयुद्धका बेला भाेका- नाङ्गा नेपाली युवा पराई भूमिमा बलिकाे बाेकाे बने, म‌ृत्युलाई जित्नेहरू युद्धका गीत गाए भने पर्खिने आफन्तहरू विरहीका,  त्यसबेला गण्डकी भेगमा गुञ्जिएकाे उदाहरण लिन सकिन्छ ।
`गाई पाल्याे रेलिमै वनैकाे बाघलाई
छाेराे पाल्याे रेलिमै जर्मनकाे धावालाई ।´
कति साहित्य समयकाे झरीमा झरेर गए । यदि नझरेकाे भए युद्धले तत्कालीन ग्रामीण समाजमा पारेकाे मनाेविज्ञान तथा सामाजिक सांस्कृतिक असर बुझ्न सजिलाे हुन्थ्याे । सुदूर अतीतदेखि निकट अतीतका, राजनीतिक,सामाजिक घटना क्रमका ईतिहास बाेल्ने हीरादेवी गाइनेनी समान कैयाैँ लाेक साहित्यविद्का जन्म मृत्युका विवरण नै छैन ।
    नरबहादुरले वि.सं. १९२२ मा लेख्नुभएकाे `भाेट लडाइँकाे सवाई´ पनि डा. तारानाथ शर्माले `नेपाली साहित्यकाे ऐतिहासिक परिचय´ पुस्तकमा चर्चा गर्नुभएकै छ तर अहिले सवाई सुन्ने र सुनाउने परम्परामा पूर्णविराम लाग्दैछ । त्यससित माैखिक इतिहास अध्यायकाे दीप निभेर अन्धकार छाउँदैछ । आमा भन्नुहुन्थ्याे  `याे मायाले दिएकाे सिराैँला , कि त खाउँला कि पैँचाे तिराैँला ।´
     यी हरफ कसले कुन बेला लेखे समयरेखा अझ पनि भेट्न सक्दिनँ । हाम्राे बेहिसाब लाेक साहित्यलाई परिशीलन, व्याख्या विश्लेषण, अर्थापन गरी इतिहास सम्बन्धी ज्ञान उत्पादन गर्ने ठाउँ कति छन् कति तर तेस्राे नेत्र नखाेली त्यहाँ रहेकाे इतिहास कसरी देख्न सकिन्छ र ?
महत्त्व
समय, अवसर, प्रकार्य,  वय, लिङ्ग भिन्नता, विषयवस्तु, प्रस्तुति, साैन्दर्यशास्त्र, लय, भावा, संगीतात्मकता यी सम्पूर्णका आधारमा लाेक साहित्यकाे उपयाेगिता हुन्छ नै । लाेकसाहित्यकाे मूलबाटाे भत्काएर कहाँ भत्किन्छ र ? जगत्‌मा इतिहास स्थापित भइसकेकाे छ ,ठाेस उपलब्धी छ तर वर्तमान समयमा यसकाे प्रकृतिमाथि विकृति ल्याउने केही कार्य पनि भइरहेकाे हुँदा हामी सचेत बन्नुपर्ने अवस्था छ ।
    हामी हाम्राे लाैकिक, संस्कृति, परम्परामाथि गर्व गर्नुपर्छ । कसैले बाटाे भुल्छन् भने सम्झाइदिनु पनि हाम्रै दायित्व हाे । लाेक साहित्य सामाजिक, सांस्कृतिक प्रतिविम्ब हाे । हाम्राे जीवनशैलीमा नै परिलक्षित हुन्छ । हामी नेपाली कलाकारहरूले यसकाे महत्त्वलाई चिनेर माया गर्न सक्छाैँ भने लाेक साहित्यका साथ सम्पूर्ण माैलिक संस्कृति, सभ्यता, धर्म, परम्परा सुरक्षित सदैव हुनेछ ।
       अन्तिममा भन्न चाहन्छु `लाेक साहित्यकाे महत्त्वलाई बुझी उचित परिशील, व्याख्या विश्लेषण, अर्थापन गरी  ऐतिहासिक, पारम्पारिक, पुरातात्त्विक, सांस्कृतिक उत्खनन सम्बन्धी अनुसन्धान गर्नु, सम्पूर्ण वर्गहरूका लागि प्राेत्साहनकाे वातारण स्थापित गर्नु, संस्कृतिकाे प्रचारप्रसार गर्दै जीवित राख्नु आजकाे  आवश्यकता हाे ।
  अत: हामी हाम्राे तर्फबाट लाेक साहित्यका लागि भनूँ वा सांस्कृतिक विविधता संरक्षण गर्नका लागि के गर्‍याैँ, के गर्दैछाैँ, के गर्ने तयारीमा छाै, भनेर चिन्तन गर्नु अत्यन्त आवश्यक रहेकाे हाे ।
– पाल्पाकाे तानसेनका लेखक ढकाल साहित्यिक चाैतारी नेपालका केन्द्रीय प्रशिक्षक हुन् ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630