skip this yams_Max_Hospital.jpeg

पाँच प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

1.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाकारअनुसार हाल देशको अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली भई एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
   विभागले बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान विवरण जारी गर्दै आज (बिहीबार) देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
    जसअनुसार भोलि (शुक्रबार) पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
    त्यसैगरी पर्सी (शनिबार) देशभर सामान्य बदली रही प्रदेश २, बाग्मती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
     पर्सी राती भने प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानहरूमा  र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
    हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ । साथै भारतको झारखण्ड  र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव पनि नेपालमा सामान्य परेको छ ।

nijgadh-supermart-adz1200-630