skip this farak Kura Pravakar

सर्वदलीय बैठकमा नेकपा एमाले नजाने

981 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।
   संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले बिहान १० बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । उक्त बैठकमा नजाने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
   सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर एमाले फुटाएको, संसद छलेर अध्यादेश फिर्ता लिएको र एमाले फुटाएका दलका प्रतिनिधिसमेतलाई डाकेको बैठकमा आफूहरु नजाने उनले बताए ।
    तर, एमाले अध्यक्ष केपी ओली निकट नेता, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले भने बुधबार एक अन्तरवार्तामा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाके जाने बताएका थिए ।
    देउवाको सचिवालयका अनुसार बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुनेछ ।
   यसअघि संसद् अवरोध रोक्न सभामुखले बोलाएको सर्वदलीय बैठक पनि एमालेले वहिष्कार गरेको थियो । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालले संसदको चालु अधिवेशनमा अवरोध गर्दै आएपछि प्रधानमन्त्री देउवाले विपक्षी दललाई विश्वासमा लिने रणनीति बनाएका हुन् ।
    यसका लागि उनले दुई पटक कानून मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पठाएर पनि सम्बन्ध सुधारको प्रयत्न गरेका थिए ।

nijgadh-supermart-adz1200-630