थप १०६६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

वि.सं.२०७८ असोज १५ शुक्रवार १८:३२
474
shares

काठमाडौं : पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३३६८ जनामा गरिएको नमुना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा ९३८ जना संक्रमित अस्पतालबाट निको भएर डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या १८११५ रहेको छ ।

वि.सं.२०७८ असोज १५ शुक्रवार १८:३२