लगातार तीन खेल जित्दै चितवन प्लेअफमा
वि.सं.२०७८ असोज १५ शुक्रवार १८:४८
काठमाडौँ : चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को जारी चौथो संस्करणको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार तेस्रो जित हात पार्दै दुई खेल बाँकी रहँदै चितवन प्लेअफ पुगेको हो ।
चितवनले शुक्रबार पोखरा राइनोजमाथि ९ विकेटको सहज जित हात पारेको हो । मोहमद शाहजाद र भिम सार्कीले अर्धशतकीय इनिङ्स खेलेपछि चितवनले पोखरालाई सहजै पाखा लगायो ।
खराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १६ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा शाहजाद र सार्कीले १ सय २२ रनको अविजित साझेदारी गरे ।
अफगानी क्रिकेटर शाहजादले दुई छक्का र ७ चौकाको मद्दतमा सर्वाधिक ६३ रन बनाए भने सार्कीले ४२ बलमा ५४ रन बनाए । ओपनर इशान पाण्डे शून्य रनमा आउट भए ।
पोखराका बिक्रम सोवले एक विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पोखराको लागि विवेक यादवले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।
रिचर्ड लेभीले १७ वलमा दुई छक्का र एक चौकाको मदतमा २० रन जोडे । लोकेश वम ८, कप्तान विनोद भण्डारी ५, रित गौतम २ रनमा आउट भए भने सुनिल धमला शून्य रनमै आउट भए ।
चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई–दुई विकेट लिदा सोमपाल कामीले एक विकेट हात पारे ।
वि.सं.२०७८ असोज १५ शुक्रवार १८:४८