skip this yams_Max_Hospital.jpeg

चार वर्षदेखि ड्रग्स सेवन गरिरहेछन् आर्यन, सोधपुछमा खुलासा    

804 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ : मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भेटिएको लागुऔषधको मामिलामा शाहरुख खानका छोरा आर्यन खानलाई आइतबार पक्राउ गरिएको थियो । आर्यन खानलाई लागुऔषध मुद्दामा लगातार सोधपुछ गरिँदै छ । भारतीय सञ्चार माध्यम आजतकका अनुसार आर्यन आफ्नो आँसुमाथि नियन्त्रण पाउन सकिरहेका छैनन्, उनी लगातार रोइरहेका छन् ।

आजतकका अनुसार सोधपुछका क्रममा आर्यनले ड्रग्स खाने गरेको कुरा स्वीकार गरेका छन् । स्रोतका अनुसार उनले करिब चार वर्षदेखि लागुऔषध सेवन गरिरहेको स्वीकार गरेका हुन् ।

स्मरण रहोस्, आइतबार अबेर राती अदालतले यी तीन आरोपीलाई एकदिनको एनसीबी कस्टडीमा पठाएको थियो । एनसीबीले यो मामिलामा अर्का एक संदिग्धलाई हिरासतमा लिएको थियो । उनीहरुलाई आज पक्राउ गरिने सम्भावना छ ।

शाहरुख खानले वरिष्ठ वकिल सतिश मानेशिन्देलाई आफ्नो छोरा आर्यनको प्रतिनिधित्व गर्नका लागि चुनेका छन् । हाई–प्रोफाइल वकिल सतिश मानशिन्दे नारकोटिक्स कन्ट्रोल ब्यूरोद्वारा लगाइएको आरोपविरुद्ध अदालतमा शाहरुख खानका छोराको बचाउ गर्नेछन् ।

nijgadh-supermart-adz1200-630