skip this

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ०० पैसा र बिक्री दर १३१ रूपैयाँ ६० पैसा रहेको छ।

युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा रहेको छ। हिजो अमेरिकन डलरको खरिद दर १३० रूपैयाँ ९५ पैसा र बिक्रीदर १३१ रूपैयाँ ५५ पैसा रहेको थियो भने युरो एकको खरिद दर १४३ रूपैयाँ ३५ पैसा र बिक्री दर १४४ रूपैयाँ १ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ २५ पैसा र बिक्री दर १६७ रूपैयाँ ०१ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८६ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ८७ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४९ पैसामा कारोबार हुनेछ ।

उता, चाइनिज युयानको १ को खरिदद १८ रूपैँया ८ पैसा र विक्रि दर १८ रूपैयाँ १७ पैसामा कारोबार गर्न अनुमति दिएको राष्ट्र बैंकले जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसा, दक्षिण कोरिया १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसा तोकेको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९५ पैसा र बिक्री दर ३६ रूपैयाँ १२ पैसा कायम गरेको राष्ट्र बैंकले मलेसियन रिंगिट एकको खरिद दर २८।४ रुपैयाँ तथा बिक्री दर २८.१७ रुपैयाँ र साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०९ रुपैयाँ कारोबार गर्न सकिने जनाएको छ ।

nijgadh-supermart-adz1200-630