skip this

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची

954 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार शुक्रवारको बैठकमा तीनवटा विद्येयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रियसभाबाट उत्पति भएको नेपाल विश्वविधालय विद्येयक २०८० प्रतिनिधिसभा बैठकमा टेबुल हुनेछ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विद्येयक २०८० पेश गर्नेछन् भने राष्ट्रियसभामा उत्पति भएको ‘मुलकी संहिता सबन्धी केही नेपाल ऐन संसोधन गर्ने बिद्येयक २०८० माथीको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन ।

र, आजै सो विद्येयकमाथि संसोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसुचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सबन्धी बिद्येयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

nijgadh-supermart-adz1200-630