ईकाई कमिटी गठन गरेसँगै गौरीशंकर क्याम्पसमा नेपाल विद्यार्थी संघको संगठन भयो दर्ता

वि.सं.२०८१ फागुन १९ सोमवार २२:०८

निजगढ–स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै गौरीशंकर क्याम्पस निजगढमा कांग्रेसको नेपाल विद्यार्थी संघको इकाई कमिटी गठन भएको छ ।
कांग्रेसको नेपाल विद्यार्थी संघले दावा लामा (अनिल) को नेतृत्वमा सर्वसम्मत रुपमा ११ सदस्यिय ईकाई समिती गठन गरेको छ ।
महाधिवेशन प्रतिनिधी एव्म तरुण दल केन्द्रिय सदस्य बिष्णु कुमार खड्काको प्रमुख आतिथ्यता भएको समिति गठन समारोहमा नेपाल विद्यार्थी संघ बारा जिल्ला उपसभापति अनिल खनाल, बि.पि प्रतिष्ठान संयोजक रवि वतौला, नेपाल विद्यार्थी संघ बाराका सदस्य गोविन्द तिमल्सिना, गौरी शंकर क्याम्पसका प्रमुख टीकाराम भट्टराई, बालाजु क्याम्पसका विद्यार्थी नेता रोहित मगरको उपस्थिति रहेको थियो ।
कांग्रेसको नेपाल विद्यार्थी संघ निजगढ नगर सभापती इश्वर सापकोटाको अध्यक्षता भएको कार्यक्रम सञ्चालन यदु गुरागाईले गरेका थिए ।
नगर सभापति ईश्वर सापकोटाले ईकाई समिती गठन गरेर ने .बि .संघ क्याम्पसमा दर्ता गरिएको जानकारी दिएका छन् । उनले । परिवर्तनको संवाहक ने बि संघलाई बिजयी गराउन हुन सम्पुर्ण विद्यार्थी साथीहरुमा अपिल गरेका छन् ।
यसअघि नेकपा एमाले सम्बद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले अईतबार गौरीशंकर क्याम्पसमा बालकृष्ण हुमागाईको अध्यक्षतामा प्रारम्भिक कमिटी गठन थियो ।
कमिटीको उपाध्यक्ष र सहसचिव पद हालको लागि खालि राखिएको छ भने सचिवमा किसन खड्का चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण बजगाई, आशिका राउत, कुशुम राउत, अनुषा पराजुली, मनिका घिमिरे, रिमा गौतम, प्रेक्षा उप्रेती र सुशिला अधिकारी रहेका छन् ।

वि.सं.२०८१ फागुन १९ सोमवार २२:०८