गौरीशंकर क्याम्पसमा उज्वल प्रसाईको नेतृत्वमा अखिल (क्रान्तिकारी) ईकाई कमिटी गठन, स्ववियूका लागि संगठन दर्ता

वि.सं.२०८१ फागुन १९ सोमवार २२:१८

निजगढ–स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै गौरीशंकर क्याम्पस निजगढमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ईकाई कमिटी गठन भएको छ ।
अखिल (क्रान्तिकारी) ले उज्वल प्रसाईको नेतृत्वमा १७ सदस्यिय गौरीशंकर क्याम्पस इकाई कमिटि गठन गरेको छ ।
अखिल (क्रान्तिकारी) निजगढ नगरकमिटी अध्यक्ष सुमन खुलालको अध्यक्षतामा बसेको बैठकले इकाई कमिटि गठन गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका युवा नेता पार्टी पुर्व प्रदेश कमिटी सदस्य रविराज दंगाल, प्रस्ताबित प्रदेश कमिटी सदस्य बेनिबहादुर मुक्तान, पार्टी नगर अध्यक्ष सन्तोष दंगाल, नेपाल बुद्वीजिबि संगठन मधेश प्रदेश अध्यक्ष केदार गौतम, विद्यार्थी नेता सपिम खरेलको विशेष उपस्थिति रहेको थियो ।
यसअघि कांग्रेसको नेपाल विद्यार्थी संघले दावा लामा (अनिल) को नेतृत्वमा र नेकपा एमाले सम्बद्ध अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन बालकृष्ण हुमागाईको अध्यक्षतामा प्रारम्भिक कमिटी गठन थियो ।
बैठकको निर्णयअनुसार गौरीशंकर क्याम्पसमा हुन लागको पहिलो स्ववियू निर्वाचनमा सहभागि हुन संगठन समेत दर्ता गरेको छ ।
गौरीशंकरमा तीन वटा संगठनले दर्ता गराएका छन् ।

वि.सं.२०८१ फागुन १९ सोमवार २२:१८