निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बर्तौलाको सरुवा, उपसचिव आर्चाय आउने
काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकामा सरुवा

वि.सं.२०८१ फागुन २१ बुधवार २२:५९

निजगढ– बाराको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गर्ने क्रममा निजगढका प्रमुख प्रशासकीय अधिकृत बर्तौलालाई काठमाण्डौको बुढानिलकण्ठ नगरपालिकामा सरुवा गरेको छ ।
प्रशासन सिंहदरवार विशेष ब्यूरोका अनुशार ३९ जना नयाँ पदस्थापन भएका उपसचिवहरु र ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो । निजगढमा उपसचिव युवराज आर्चायलाई पदस्थापना गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका आर्चायलाई निजगढमा पदस्थापना गरिएको हो ।
एक वर्ष अढाई महिना कुशलतापूर्वक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका उपसचिव बर्तौलाले २०८० पुष २३ गते पदभार ग्रहण गरेका थिए ।

वि.सं.२०८१ फागुन २१ बुधवार २२:५९