काेराेना परीक्षण गराउन लैजाने गर्दा न्यूरोड गेटमा गाडीबाट हाम्फालेर थुनुवा फरार
वि.सं.२०७८ साउन २९ शुक्रवार २०:३७
498
shares
काठमाडौं : प्रहरीको नियन्त्रणमा रहेका थुनुवा काठमाडौंको न्युरोड गेटबाट भागेका छन् ।
जबर्जस्ती करणी मुद्दामा महानगरीय प्रहरी वृत जनसेवाको नियन्त्रणमा रहेका निर्मल परियार भागेका हुन् ।
पीसीआर परीक्षण गराउन वीर अस्पतालमा लैजाँदै गर्दौ न्युरोड गेटमा गाडीबाट हामफालेर उनी भागेका हुन् ।
परियार स्याङ्जाका हुन् । फरार थुनुवाको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) अशोक सिंहले बताए ।
वि.सं.२०७८ साउन २९ शुक्रवार २०:३७