skip this

गाडीबाट हाम फाल्दा २२ वर्षिय युवककाे मृत्यु

2.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं  : गाडीबाट हामफाल्दा  एक जना यात्रुको मृत्यु भएको छ।
भोजपुरबाट विराटनगर गइरहेको बोलेरोबाट हामफाल्दा  भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका–२ का २२ वर्षीय युवराज खतिवडाको मृत्यु भएको प्रहरीले जनाएको छ।
कोसी लोकमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–३ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च २७४२ नम्बरको बलेरो गाडीबाट हामफाल्दा खतिवडाको मृत्यु भएको प्रहरीको भनाई छ।
हामफालेर ओर्लन खोज्दा गम्भीर घाइते  भएका खतिवडाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले गाडी र चालक भोजपुरको पौवादुम्बा गाउँपालिका–२ तिवारीभञ्याङका २५ वर्षीय कृष्ण कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

nijgadh-supermart-adz1200-630