skip this farak Kura Pravakar

निजगढ मेयर गोल्डकप फुटबल शनिबारदेखि

2.11K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । निजगढ मेयर गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि संचालन हुने भएकोछ ।

आयोजक निजगढ युवा क्लवले प्रतियोगिताबारे जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको जनाउदै शनिबारदेखि प्रतियोगिता संचालन हुने जनाएको छ ।

निजगढ मेयर कपको यो चौथो संस्करण हो । मधेशका बिभिन्न ८ वटा क्लवहरुको सहभागिता रहेको प्रतियोगिता चैत १९ गतेसम्म संचालन हुने आयोजक निजगढ युवा क्लवले जनाएको छ ।

प्रतियोगितामा आयोजक निजगढ सहित बकुलिया फुटबल क्लव बारा ,बारा एघार,नवजनजागृति युवा क्लव बारा, बिरगंज युथ एकेडेमी, नेपाल खेलकुद क्लव रौतहट र हरिवन फुटबल क्लव सर्लाहीको सहभागिता रहेको छ ।

निजगढ नगरपालिका मुख्य सहयोगी रहेको प्रतियोगीताको बिजेताले उपाधि सहित १ लाख ५० हजार रुपैंया प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैंया प्राप्त गर्नेछ ।

प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार रुपैंया प्राप्त गर्नेछन भने विधागत रुपमा उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र उच्च गोलकर्ताले जनही ५ हजार रुपैंया प्राप्त गर्नेछन ।

 

nijgadh-supermart-adz1200-630